बैद्य नेतृत्वको पार्टीको युवा संगठनले गरेको प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षप

२०७४, २९ फाल्गुन मंगलवार १९:४३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

सो कार्यक्रम यही फागुन २८ गते सो पार्टीका महासचिब मोहन बैद्यले उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षप गरेको हो । युवाहरुको शारीरिक तन्दुरुस्तीका लागि प्रशिक्षण आयोजना गरिएको र त्यसमा हस्तक्षप भएको बताइएको छ ।

यसै सन्दर्भमा आज प्रहरी हस्तक्षेपको विरोधमा सो पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले प्रेसवक्तव्य प्रकाशित गर्दै त्यस किसिमको हस्तक्षपको भत्र्सना गरेका छन् । साथै यस्ता प्रकारका हस्तक्षेप पुनः दोहोर्याए उत्पन्न हुने सबै परिस्थितीको जिम्मेवार सरकार नै हुने पनि चेतावनी दिइएको छ ।
सो पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वसन्त बोगटीले प्रहरी हस्तक्षपको पुष्टि गरेका छन् । असई र पछि इन्सपेक्टरको कमाण्डमा गएको प्रहरी टोलीले प्रशिक्षण कार्यक्रममा हस्तक्षप गरेको सो पार्टीले बताएको छ । क्रान्तिकारी युवाहरुलाई कार्यक्रम रोक्न धम्की समेत दिएको बोगटीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*