मुस्लिम संघको अध्यक्षमा दोस्रो पटक डाक्टर रहमान

२०७४, २९ फाल्गुन मंगलवार १९:१३

मकवानपुर, २९ फागुन । नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ मकवानपुरको दोश्रो जिल्ला अधिवेशनबाट पुनः डा. मोतीउर्रहमान चयन भएका छन् ।

काँग्रेस पार्टी कार्यालय मकवानपुरमा मंगलबार भएको अधिबेशनले उपाध्यक्षमा शकुर शेख सचिव मुस्ताक हुसैन, कोषाध्यक्ष शकिल अन्सारी, सहकोषाध्यक्ष रशिदा वानु र सदस्यहरुमा शमसुल अन्सारी, हमिद अन्सारी, हाजी इर्शाद शेख, सैफुल्लाह मियाँ, शाहनवाज आलम, हेदायतुल्लाह र हैवत अली सर्वसम्मत चयन गरेको छ ।

संघका जिल्ला अध्यक्ष डा. मोतीउर्र रहमानको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका कार्यबाहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष एवं पूर्व माननीय मोख्तार अहमद, पूर्व माननीय कौसर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...