ईन्द्र सरोवरका किसानलाई ५ हजार आलुको बिउ

२०७४, २९ फाल्गुन मंगलवार १९:०४

मकवानपुर, २९ फागुन । मकवानपुरको ईन्द्र सरोबर गाउँपालिकामा किसानलाई ५ हजार आलुको बिउ वितरण गरिएको छ । नारी सिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारितामा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्र्तगत पर्ने ८ साविक गाविसमध्ये ५ साविक गाविसमा आलुको बिउ वितरण गरिएको हो ।

मकवानपुर जिल्लाका भुकम्प प्रभावित साबिक गाउँ विकास समितीहरु मध्ये चित्लाङ, मार्खु , कुलेखानी, फाखेल सिस्नेरी, नामटार, कालीकाटार र भार्ता गरी आठ वटा कार्यक्षेत्र रहेकोमा सो कार्यक्षेत्रका महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले बीउ उत्पादन क्षमतालाई अभिबृद्धि गर्ने उद्देश्यले पि.बि.एस. अर्थात प्रि बेसिक सीड आलुको विउ बितरण गरिएको हो ।

कार्यक्रम अन्र्तगत चित्लाङ, सिस्नेरी, कुलेखानी, नामटार, भार्ता गरी साविकका पाँच गाविसमा आलुको विउ बितरण गरिएकोे छ । अमर साना किसान कृषि सहकारी ईन्द्रसरोवर २ कुलेखानीमा ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख अतिथ्यता र कुलेखानीका वडा अध्यक्ष राजुमान महर्जनको अतिथ्यतमा एक कार्यक्रमका बिच आलुको बिउ वितरण गरिएको छ ।

त्यस्तै सोही दिन आजादेश्वर कृषि सहकारीका अध्यक्ष दिपक ठकुरी सभादक्ष्यता र ईन्द्रसरोवर ३ सिस्नेरीका वडा अध्यक्ष चिरञ्जीबी पौडेलको अतिथ्यता सिस्नेरीमा आलुको बीउ हस्तान्तरण गरिएको छ । यी दुवै क्षेत्रको कार्यक्रम नारी सिप सृजना केन्द्रको कार्यक्रम प्रबन्धक चिरञ्जीबी पौडेलको अतिथ्यता भएको थियो ।

टिस्यु कल्चरबाट बाट उत्पादित यस आलुको विउमा अन्य स्थानीय विउ भन्दा रोग प्रतिरोधी क्षमता बढी हुनुका साथै उमार शक्ती बढी र उत्पादन पनि बढी हुने बताइएको छ । कार्यक्षेत्रका ५ गाबिसमा साना किसान सहकारी सदस्यलाई बिउ उपलब्ध गराइएको हो । साथै पाच बर्ष सम्म लगातार बीउ उत्पादनका लागी प्रयोग गरी सम्पुर्ण सहकारी सदस्यमा बीउ उपलब्ध गराउने अभियान सहकारीले लिएको छ । ५ कार्यक्षेत्र गरी प्रति किसान १०० वटाको दरले ५००० आलुको बीउ बितरणले पचास जना भुकम्प पिडीत महिला किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...