मकवानपुरको बकैया र राक्सिराङमा २ सय कठ्ठा अफिम खेती फँडानी

२०७४, २९ फाल्गुन मंगलवार १८:०८

मकवानपुर, २९ फागुन । मकवानपुरको दुई गाउँपालिकाका २ स्थानहरुमा गरि मकवानपुर प्रहरीले २ सय कठ्ठा अफिम खेती नष्ट गरेको छ ।

आज खटिएको प्रहरी टोलीले बकैया गाउँपालिकामा १ सय ६० कठ्ठा र राक्सिराङ गाउँपालिकामा ४० कठ्ठा गरि २ सय कठ्ठा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको संयुक्त प्रहरी टोलीले बकैया गाउँपालिका वडा नं. ६ को सानो ज्यामिरे र ठुलो ज्यामिरे भन्ने स्थानमा अबैध रुपमा लगाईएको लागू औषध अफिम खेती नष्ट गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सीराङ गाउँपालिका वडा नं. ४ देवीटार भन्ने स्थानमा अबैध रुपमा लगाईएको लागू औषध अफिम खेती फडानी गरी नष्ट गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...