आज ८ न्यायाधीश इजलासमै बसेनन्

२०७४, २९ फाल्गुन मंगलवार १६:०२

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय सम्पादनबाट अलग हुन गरेको आग्रह नमानेको भन्दै आज सर्वोच्चका अरु ८ जना न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । आजका लागि प्रधानन्यायाधीशले तोकेको कुनै पनि इजलासमा ती न्यायाधीश सहभागी भएनन् । गत साउन २१ मै अवकास पाइसकेको पराजुलीसित बसेर न्याय सम्पादन गर्न नसकिएको भन्दै हिजो सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास बहिस्कार गरेका थिए ।

आज इजलास तोकिएपनि न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, आनन्दमोहन भट्टराई, इश्वर खतिवडा, अनिलकुमार सिन्हा, विश्वम्भर श्रेष्ठ, प्रकाशसिंह राउत र दीपक राज जोशी कुनै पनि इजलासमा बसेनन् । तर, हिजो प्रधानन्यायाधीश नेतृत्वको इजलास बहिस्कार गरेका न्यायाधीश जबराको भने आज कुनै इजलास तोकिएन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...