पल र आँचलसहित शत्रु गतेको टोलीले बुधबार हेटौँडामा धुम मच्चाउने

२०७४, २२ फाल्गुन मंगलवार १९:१७

मकवानपुर, २२ फागुन । चलचित्रको गीत र ट्रेलरबाटै चर्चा कमाएको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोलीले बुधबार हेटौँडामा कन्सर्ट गर्ने भएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यसहित मोफसल टुरमा निस्किएको चलचित्रको कलाकार टोलीले हेटौँडाको बुद्ध चोकमा धुम मच्चाउने भएको हो । बुधबार साढे ३ बजे बुद्धचोकमा बृहत कन्सर्टमा सहभागी हुन कलाकार टोलीले आग्रह समेत गरेको छ ।

टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा चर्चित अनस्क्रीन जोडी नायक पल शाह र नायिका आँचल शर्मासहित कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल र जुनु रिजाल काफ्ले रहनेछन ।

टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । पहिलो यात्रा फागुन २३ गते बुधबार हेटौडामाहुने बताईएको छ । यस्तै टोलीे २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा पुग्नेछ । चलचित्र लाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदिप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...