मकवानपुरको राक्सिराङबाट एक जना पक्राउ

२०७४ फाल्गुन २०,आईतवार २०:२५

मकवानपुर, २० फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागुन २० गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायक निरिक्षक विजय दास बानियाँको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका वडा नम्बर २ बैर्रेटारमा बस्ने ६४ वर्षीय काईला मोक्तानलाई पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्दा लुकाएको अवस्थामा ३८ किलो २ सय ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*