अपडेट–पदमपोखरी झडपस्थलबाट ५ जना पक्राउ, ४ प्रहरी घाईते

२०७४, १७ फाल्गुन बिहीबार २२:१६

मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी वनस्पतिमा आज बेलुका झडप भएको छ । भर्खरै प्राप्त जानकारी अनुुसार मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालको टोलीले ५ जना युवकहरुलाई पक्राउ गरेर भ्यानमा हालेका छन् । त्यस्तै ४ जना प्रहरी समेत घाईते भएका छन् ।

श्रोतले दिएको जानकारी अनुसार आक्रोशित युवा जमातले वडा प्रहरी कार्यालय पदमपोखरी र पशुपतिनगर चेकपोष्टका प्रहरीलाई समेत आक्रमण गरेर तितरवितर पारिदिएका छन् । उनीहरुले स्थानीयलाई समेत जो भेट्यो त्यसैलाई कुटपिट गरेको आरोप लगाइएको छ । जसका कारण अझै पनि स्थानीयहरु बाहिर निस्कन सकेका छैनन् । एक सिपाहीलाई युवाहरुको टोलीले खुकरी समेत प्रहार गरेका छन् । उलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

स्थानीयले दिएको जानकारी अनुसार आशु चौधरी नाम गरेका प्रहरी घाईते भएका छन् भने पदमपोखरी वडा प्रहरी कार्यालयका हवल्दार समेत घाईते भएका छन् । उनको नाम भने खुल्न सकेको छैन ।

युवाहरुको टोलीले सामुदायिक प्रहरी बिट रहेको भवनमा ढुङ्गामुढा समेत गरेका छन् । घटना कसरी घट्यो भन्ने खुल्न सकेको छैन । घटना भएको बारेमा मकवानपुर प्रहरी कन्ट्रोलले समेत पुष्टि गरेको छ ।

यो पनि पढ्नुहोस्–अपडेट–पदमपोखरी झडप, एक प्रहरी घाईते, एसपी आफैँ घटनास्थलमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...