होली

२०७४, १६ फाल्गुन बुधबार १६:४५

वर्ष दिनमा एकपटक आउने
सबैतिर खुसीयाली छाउने ।
सप्तरङ्गी इन्द्रेणी झैँ
रङहरुको पर्व होली ।

आगमन कोइराला

आऊ साथी सँगै खेलौँ
दुःख पीर भुली
बच्चादेखि बुढासम्म
सबको एउटै बोली ।

आऊ खेलौँ साथी भाइ
सबै विकृति विसङ्गति हटाई ।

-आगमन कोइराला
कक्षा ६
नवोदय शिशु सदन
हेटौँडा ४ कमलडाँडा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*