कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)

२०७४, १६ फाल्गुन बुधबार ११:२१

(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित )

नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय स्थरमा पु¥याउनुपर्ने तर्क र कोशिस गरिरहेका छन् । अर्कोथरि पाठकहरु उनलाई वामपन्थी खेमाको उस्ताद लेखक दाबी गर्दछन् । उनले फ्यानहरु धेरै बटुले । सामान्य साहित्यक चेतना राख्ने पाठकहरु समेत उनलाई नेपाली समाज र बस्तुस्थिति अनुरुप जिम्मेवार लेखक भन्न रुचाउँछन् । उनले जीवनको केहि समय राजनीतिमा पनि बिताए । तर होलटाइमर हुन सकेनन् । राजनीतिक परिपेक्षबाट हेर्दा उनी आफुलाई राजनीतिमा “टुरिस्ट” भन्दा बढ्ता केहि देख्दैनन् । त्यो पनि काठ सम्प्रदायबाट प्रत्यक्ष्य सांसद जितेका उनी भन्छन्, “त्यो एउटा रेकर्ड बे्रक नै थियो । मैले आँट गरेकै हो !”

काठ मनोविज्ञान
उनले जीवनको ६५ वर्ष काठ सम्प्रदायमा बिताए । तर उनलाई आफु जन्मेको ठाउँ अरु ठाउँहरु भन्दा फरक लागिरहन्थ्यो । मुलपानी काठमाडौबाट धेरै टाढा त होइन तर राजधानी र त्यसगाउँमा धेरै अन्तर थियो । उनी भन्छन्, “कृषि सहर जस्तो त लाग्थ्यो, त्यति हुँदाहुँदै पनि धेरै पछाडी परेको थियो । साँस्कृतिक, शैैक्षिक, तथा अरु विकासको हिसाबकिताबले त झनै पछाडि । काठेहरुको चेतना र शिक्षाको पहुँच त नगन्य जस्तै थियो ।”
उनी हिँडेरै आए पनि दुई घण्टामा काठमाडौ आइपुग्थे । गाउँमा उनी भुसका÷परालका छाप्रोहरु, गोठहरु, जताततै भित्तामा टाँसेका गोबरका गुँइठाहरु देख्थे । ति बस्तुहरुबाट आउने गन्ध उनलाई “काठे ब्रान्ड” जस्तो लाग्थ्यो । फेरि काठमाडौ पुगेपछि उनी अर्कै संसार जस्तो सोच्थे । उनलाई काठमाडाँै बारे अर्कै मानसिकता बस्थ्यो मस्तिष्कमा । उनी भन्छन्, “गोथिक शैलीमा बनेका दरबारहरु, बेलायतका दरबारजस्तो समुन्नत दरबारहरु देखिन्थे काठमाडौमा । त्यसले दुई फरक जीवनशैलिबीचको अन्तरविरोध देखिँदैन र भन्या ? त्यो हिसाबकिताब, त्यो रहनसहन, त्यो जीवनशैली, त्यो किसिमको राजनीतिक आर्थिक व्यवस्ताले एककिसिमको मानसिकता चैं बन्छ नै । हो.. त्यसैले चित्र बन्थ्यो मेरो मनोविज्ञानमा !”
सामान्यतया “काठ” भन्ने वित्तिकै कुनै लोककथाको मुसुदण्डे जस्तो जब्बर महसुस हुन्छ मान्छेहरुलाई । मतलब त्यो किसीमको सुसम्पन्न मान्छे जसको सिधै केन्द्रिय राज्यसत्तासँग पहुँच छ । केन्द्रिय बजारमा धङ्धङि छ । ब्युरोक्रेसिमा थ्रिलिङ ह्याङओभर छ । तर नायरायण ढकाल यसलाई चिर्दै भन्छन्, “मलाई चैं के लाग्छ भने काठ सँधै असन्तुष्टीमा छ । चेपुवामा छ । उनीहरुले सबैभन्दा नजिकको विकास पनि देख्छन् । सबैभन्दा नजिकको सचिवालय पनि देख्छन् तर आफु पुग्न सक्दैनन् । तपाई हेर्नोस्, काठमा अहिलेसम्म मुलुकलाई थ्र्काउने नेतै छैन नि ! पञ्चायतको समयको हुलमुलमा जोगमेहेर श्रेष्ठ आए, त्यो भन्दा बाहेक को आयो त ? ल भन्नोस् कुन हिसाबबाट काठेको केन्द्रिय राजनीतिमा हालिमुहालि र धङधङि छ ?” काठका विषयमा निर्माण गरिएका ति मनोविज्ञानहरु स्वयं काठेहरुलाई नजिकबाट नचिन्नुको परिणाम जस्तो लाग्छ उनलाई ।
उनले देखेजानेसम्म पुर्खाहरुबाट आर्जिएका सम्पति हुन्थ्यो काठेहरुसँग । उनीहरु त्यहि जमिनमा परम्परागत खेति गर्दथे । जसबाट सामान्य खान पुग्थ्यो । अभाव पनि धेरे नहुने मतलब सडकमा पुगिहाल्ने स्थिति बनिहाल्दैन थ्यो । यसबाट प्राय काठहरु अल्छि हुन्थे । देखिनेखाले सिधा आम्दानी हुँदैनथ्यो । उनीहरु सङ्घर्ष पनि नगर्ने, पढाईलेखाई गरेर के हुन्छ ? भन्ने । काठहरुको यस किसिमको दुःख र ट्रयाजेडिको विषयमा उनी भन्छन्, “पढ्दा पनि नपढ्ने, उद्योग धन्दामा पनि नलाग्ने, नपढेपछि ठुला जागिरमा पुग्नसक्ने संभावनानै रहेन, ठुलो पदमा पुग्नै सकेनन् । त्यसैले गर्दा राजनीतिमा काठ सँधै सेपमा प¥यो । जसको नजिकै रहेर पनि केन्द्रिय राज्यसत्तासँग बलियो हैसियत नै बन्न सकेन ।”
काठेहरुको विषयमा देशभर नै किंवदन्तीहरु हिट जस्तै छ । त्यसमध्ये नारयण ढकाल सम्झन्छन्, पियनमा काम गर्ने काठेहरु हाकिमलाई थर्काउँदै भन्थे रे, “हामी आर्थिक स्थिति कमजोर भएर आएको हो र ? हाम्रो कति खेति छ घरमा, हामी त बास्तवमा टाइम पास गर्न पो आएको ।” जब ति काठेहरु घर ढिला पुग्थे र श्रीमतिलाई पनि थर्काउँदै भन्थे, “तेरो खेतिमा झुण्डिने मान्छे हो म ? मेरो अफिसमा कति काम छ ! मेरो वाँ कति ठुलाठुला हाकिमहरु सँग संगत छ !” काठहरु भित्रको यो किसिमको द्वेत मानसिकताको विषयमा चर्चा भइरहेको हुन्छ । उनलाई यस्तो द्वेतताभित्रको विसङ्गति र पिडा निकै दुखान्त लाग्छ । यसकिसिमको मानसिकता परिवर्तन हुनुपर्छ भन्नेमा उनी सँधै सचेत भइरहेको देखिन्छ । भन्छन्, “काठ बदलिनुपर्छ भन्ने चैं लागिरहन्थ्यो मलाई । राजनीतिमा लाग्नुमा पनि त्यो कुरा छ के ! छिटो परिवर्तन हुन्छ भनेर म लागेको हो राजनीतिमा । नत्र मेरो लेनादेना छैन ।”
मानसिहरु काठहरुलाई अहंकारी भन्छन् । केन्द्रमा हालिमुहालि जमाई बस्ने नै काठहरु हो भन्ने दृष्टिकोण सामान्यतया मानिसहरुको छ । तर उनी भन्छन्, “यस्तो धारणा बनाउनु त राज्यको सिमा र अविकसितालाई इत्तिपनि नबुझ्नु नै लाग्दछ मलाई । ए बाबा ! भट्टिमा बसेर चप्पलमार्का रक्सि खानेदेखि, ठुलठुला सपना देख्नेहरुसम्म मैले संगत गरेको छु । तर उनीहरुमा एकरत्ति पनि अहंकार छैन । बरु दुखि नै देखेको छु मैले । निरिह नै पाएको छु मैले ।” काठहरुले नवप्रेशिकाहरुलाई हेप्छन् र पुस्तैनि विरासतको हाँक देखाउँछन् भन्ने प्रसङ्गमा उनी बोल्छन्, “हाँक देखाउन त शक्तिमा हुनुपरेन ? काठेहरु नेपाली इतिहाँसमा शक्तिमै छैनन् त हेप्छन् कसरी ?”

काठको बिम्बः
उनलाई यदाकदा काठको बिम्ब भत्काएर हेरेको महसुस हुने गर्दछ । भन्छन्, “काठको एकदुईजना मान्छेले धाक लगाएको कुरालाई लिएर सम्रग काठको प्रतिनिधित्व भनियो । काठको जुनकिसिमको साँस्कृतिक विपन्नता छ नि, अरु जुन विकासको विपन्नता छ, जुन शिक्षाको विपन्नता छ नि । त्यसलाई खै बुझेको ?” तर काठ क्षेत्रमा हुने महिला र पुरुष बिचको असमानतालाई उनी स्विकार्छन् र भन्छन्, “तपाँई अहिले पनि चिया पसलमा जानुभयो भने त्यहाँ पुरुषमात्रै देखिन्छन् । स्वास्नी चैं गोबर र गौंदको धारा चुहिने मल मोग्दै खेतमा गइरहेको हुन्छन् ।” त्यस्तो असमानतालाई हाम्रो विकास अभियान र त्यसको कार्यशैलिको विफलतालाई बुझ्नुपर्छ भन्ने उनलाई लाग्दछ ।
उनलाई काठको बिम्ब निकै संवेदनशील लाग्छ । र यस्ता संवेदनशील बिम्ब निर्माण गरी कुनै पनि सभ्यताविशेषका मानिसहरुलाई हेप्नुहुँदैन भन्ने उनको तर्क छ । भन्छन्, “गोर्किले भन्छन् नि चोरलाई घृणा नगर । चोर निर्माण गर्ने सत्तालाई घृणा गर । त्यस्तै काठे कोही ठगसग होलान् । सबै त होइनन् नि ! कसैले बदमासि गरे भन्दैमा सबै काठे चुतिया हुन् भन्न त पाँइदैन नि !”

व्यक्तिगत अनुभवः
जीवनको सुरुवाति दिनहरुमा उनलाई काठे हुनुमा खुब दुःख लाग्थ्यो । दुःख लाग्नुको पछाडी एउटा घटना छ । उनी स्कुल पढ्न मुलपानी देखि चाबेल आउने गर्दथे । किनकी उनको गाउँमा अङ्ग्रेजि पढाई हुँदैनथ्यो । चाबेल गाँउ नै थियो त्यतिबेला तर मुलपानीको तुलनामा सहर थियो । उनी पहिलो दिन चाबेल आउँदा खालि खुट्टा आएका थिए । क्लासमेट केटिहरु चैं त्यतिबेला जुत्ता लगाएर आउँथे । जुत्ता नलाएर आएको कारण उनको बिल्ला भयो । उनीलाई सपैले नमज्जासँग हेपे । उनी त्यो प्रसङ्ग सम्झँदै भन्छन्, “मलाई त्यति सम्म हेपे कि आजपनि चसक्क हुन्छ सम्झँदा । म एउटा गरिब काठेको छोरो जसको जुत्ता लगाउने हैसियत थिएन । हैसियतै नहुनु त कुनै अपराध होइन नि ! पछि धेरै समय सम्म मलाई बदला लिग्नुपर्छ जस्तो लागिरह्यो ।”
पुरानो समयको काठ र अहिलेको समयको काठको जीवनशैलीमा परिवर्तन आएको कुरा स्विकार्छन् उनी । उनी थप्छन्, “अहिले पुराना जमानाको काठे नै छैनन् । मेरै उदाहरण दिन्छु, म सँग जम्मा दुई जोर लुगा हुन्थ्यो । एउटा चैं मामाघर जान, अन्न त जान के पाइन्थ्यो । अर्को घर बस्न हुन्थ्यो । घरबस्दा धोएको बेलामा लगाउने अर्को लुगा हुँदैनथ्यो । अहिले हाम्रो काठमा एभरेज मान्छेहरुको अवस्था त्यस्तो छैन । जमिनको कारणले उनीहरुको आय बढेको छ । अवसर बढेको छ । सहर र काठको अन्तरविरोध पनि धेरै न घटेको छ ।”
उनी कहिलेकाहिँ ब्यापारी भएको भए उनी कस्तो हुन्थे सोच्ने गर्छन् । आफु काठभित्रको एउटा क्रान्तिकारी पात्रको रुपमा बाँचिरहँदा उनलाई अरु पेशा र त्यसमा संलग्न भएको कल्पनाले चकित बनाउँछ । उनी ब्यापारी भएको भए यस्तै हुन्थे त ? उनी भन्छन्, “पहिलो कुरा मेरो जीनमा ब्यापारी हुने कुनै सम्भावनै थिएन । मेरो पितापुर्खा कोहि पनि भएनन् । फेरि मेरो संगत पनि त्यस्तै सँग भयो । ब्यापारी हुन लाएकको एउटा साथी थियो बिमल निभा । उसले ब्यापार गथ्र्यो उबेला । ब्यापार गरिराको भए अर्बपति हुन्थ्यो त्यो । उसले त कविताको लागि ब्यापार छोड्यो छोड्यो । मेरो साथी त त्यस्ता छन् । म कसरी ब्यापारी हुने ? कसरी त्यस्तो क्रुर र रुढीबादी काठे हुने ?”

काठ मनोविज्ञानसँगको विद्रोहः
उनी कडा काठ परिवारमामा जन्मिएका । उनको बा गाउँभरिकै नामि ज्योतिष । गाउँघरको कर्मकाण्डको नियन्ता । त्यो किसिमको परिवारमा जन्मिएका उनी जीवनमा फरक ट्रयाकमा आए । एलिन गिन्सर्वगको आन्दोलनमा हुमिए । उनी सम्झन्छन्, “त्यतिबेला सामन्तवादी स्थिति एकदम जब्बर थियो । पुराना रुढि र अन्धविश्वास त कति हो कति ! मान्छेहरु धेरै गरिब थिए । काठलाई कसरी अप्लीफ्ट गर्न सकिन्छ भनेर मैले युवाकालमा धेरै संघर्ष गरें । सहरमा आएँ साहित्यकाहरुलाई भेटेँ । त्यतिबेला सन्तोष भट्टराई भन्ने मान्छेसँग भेट भयो जसले मलाई एलेन्स गिन्सवर्गका कविताहरु सँग परिचित गरायो ।” साहित्यकारहरुको संगत र एलिन्स गिन्सवर्गका कविताहरुको गहिरो छापपरेपछि उनले राजनीतिमा लाग्ने सबै ठग रहेछन् भन्ने बुझ्न थाले । कतिपय बुझाई र धारणाहरुले उनलाई निराश पनि बनायो । भन्छन्, “मान्छेको प्रेमलाई कति विकृत बनाएको रहेछ, परिवार व्यवस्था कति खतम रैछ । समलैङ्गिकतालाई कति उपहासको दृष्टिकोणबाट हेरिँदो रैछ । अरु के कुरा गर्नु जम्मै सभ्यता नाटकिय जस्तो लाग्न थाल्यो मलाई ।”
२०२८ देखि २०३२ सम्म हङ्ग्रि जेनेरेशन भन्ने विश्वमा चलेको एलिन गिन्सवर्गले चलाएको आन्दोलनमा सहभागी भए । भन्छन्, “त्यो आन्दोलनका यस्ता प्रस्तावनाहरु थिए कि सभ्यता नमान्ने, त्यसले समाजवाद पनि नमान्ने, साम्यवाद पनि नमान्ने, पुँजीवाद पनि नमान्ने, राजनीति शोषणको बाटो हो भन्ने टाइपका कुराहरु थिए ।” त्यस बुटपालिस आन्दोलनको मर्म नबुझ्दा उनको आमा धेरै रुनुभयो । बाले घृणाको दृष्टिकोणबाट हेर्नथाल्नुभयो । तर उनले त्यो लहड छाडेनन् । भन्छन्, “त्यस्तो रुढीबादी काठपरिवारको दृष्टिकोणमा त म चुतिया काठे नै हुँ । सानो हिम्मतले सकिने कुरा होइन त्यो ।”

उनलाई आफ्नो बा र उनी फरक शताब्दीका दुई फरक मानवहरु जस्तो प्रतित हुन्थ्यो । भन्छन्, “बा कम्पिल्टली जनै लगाउने । अग्नि स्थापना विधि देखि हर श्लोक र स्त्रोतम् जप्ने । जागिरमा पनि सुब्बा । म चैं गाँजा खाने, चरेस खाने । एल.एस.डी खाने । कपाल लामो पाल्ने । ठुल्ठुलो बुट लगाउने । उहिल्यै देखि जिन्स लगाउने । हिप्पी टाइपको पर्सनालिटी । अनि कसरी मिल्नु कुरा ! कसरी बन्न सक्नु परम्परागत काठे !”

त्यतिबेलाको भाषामा उनको शैली लफङ्गो जस्तो थिए । गाँउमा नबस्ने । डुलिहिँड्ने । आइएस्सी पढ्दा उनको जीवनमा ठुलो दुर्घटना भयो । उनी पद्मोदय स्कुलमा पढेको । काठको मान्छे । अङ्ग्रेजि जस्ट पास भएका । एक्कासी यस्तो कलेजमा परे कि जहाँ उनलाई ब्रिटिस एक्सेन्टमा फिजिक्स पढाउने टिचर मिल्यो । टिचरको इङ्लीस उनले बुझ्दैन थिए । उनको काम घोक्नुमात्रै थियो । उनी यति घोक्थे कि किताबै कण्ठ गर्दिन्थे । एकदिन टिचरले उनलाई नघोक्न सल्लाह दिए । बुझेर पढ्न अह्याए । उनले घोक्न छाडिदिए । घोक्दा नि नघोक्ने बुझ्दा नि नबुझ्ने भएसि फिजिक्समा उनको जिरो आयो । जिरो आएसि मेरो लाज छोप्न घरबाट भागे । भन्छन्,“ मेरो गाउँमा सबैभन्दा प्रतिभाशाली र पढ्ने म । सहर जाँदा पनि गाँउबाट हाइएस्ट पोजिसन लेराएर जानेपनि मै । घरपरिवारको आशा पनि बर्ता । बा त दिउँसै म डाक्टर भएको कल्पना गर्थे । मैले आफ्नो इज्जत बचाउन इज्जत बच्छ कि भनेर म दार्जलिङ भागेको । पछि फर्केर आउँदा गाउँमा टिकिसक्नु भएन ।”
उनलाई कहिलेकाहिँ तथाकथित ब्राह्मण हुनू मेरो लागि ठुलो अभिसाप लाग्ने गदथ्र्यो । उनलाई ब्राह्मण भएकै कारण तल्लोजातका काठेहरुसँग संगत र ओहोरदोहोर गर्न घरबाट बन्देज जस्तै थियो । एकदिन उनले जानीजानी एकजना सर्किनी दिदीको पोल्टाबाट झिकेर मकै खाइदेछन् । त्यसपछि उनलाई तल्लोजातले छाएको भन्दै घरमा सुनपानी छर्किने काम भयो । त्यो घटना सम्झँदै भन्छन्, “सुनपानी छर्कीने काम त मलाई मनोरञ्जन जस्तो पो भयो ।”

सायम सांस्कृतिक मोर्चाभित्रको काठेपनः
मान्छेहरु भन्छन् नारायण ढकाल काठेहरुमध्ये पनि शालिन काठे हो । तर रक्सिको चरम मातमा पुगेपछि भन्छन्, “नारायण ढकाल भन्दा खतरनाक काठे कोहि पनि छैन ।” त्यति मात्र होइन, उनको रक्सिखाँदाको झगडा, लात्ति हानाहान देखि गोप्य अङ्ग प्रदर्शनसम्मको घटनाहरु सार्बजनिक मिडीयाहरुमा हिट जस्तै छन् । त्यति मात्र होइन, उनका प्रिय मित्रहरुको संस्मरणमा समेत पढ्न पाइन्छ । त्यस प्रसङ्गमाथि उनी बोल्छन्, “साँझको कुरामा मैले जति बदमासि मेरा कुनै पनि साथीहरुले गरेका छैनन् । साथी मात्र को कुरा नगरुम् कसैले पनि मैले गरेको जति बदमासिको रेकर्ड तोड्न सक्दैनन् ।” मानिसहरु यत्तिको हर्कत पेलाहा काठेलेमात्रै गर्न सक्ने आरोप प्रत्यारोप गरिरहन्छन् । यसविषयमा टिकाटिपप्पणी भैरहन्छन् । उनी जोडले हास्छन् र भन्छन्, “रक्सिको मात पनि काठेलाई बर्ता लाग्ने, नकाठेलाई नलाग्ने भन्ने हुन्छ ?”
उनलाई पिउने कुरामा आफु अबसरवादी छु जस्तो लाग्छ । उनले किताब चैं आत्महन्ता लेखे तर उनलाई दुख्नेगरी पिउन मन लाग्दैन । भन्छन्, “यो देशमा लेखकलाई सम्मान भएन, देवकोटालाई मारे, रिमाललाई मारे भनेर कराउने पनि एकथरि साथी छन् । कोइ एकदमै झगडा गर्ने हुन्छन् । म चैं हल्काफुल्का र आनन्द मात्र लिन्छु पिएको बेलामा । त्यहि भएर होला यस्तो बेलाको मेरो किस्साहरु हिट भैरहन्छ ।”

लेखन प्रवृत्ति र काठ मानसिकताको उठानः
उनी आफुले काठमाडौंमा सजिलोसँग “इन्ट्री” नपाएको प्रसङ्गलाई ह्याङओभरको रुपमा सहरयन्त्र कथामा लेखे । उनी भन्छन्, “सहरयन्त्रमा म आफैंलाई परेको घटनाको विस्तृत रुपमा लेखेको हुँ तर त्यसमा अलिकति श्वेरकल्पना पनि छ । केन्द्रिय राज्यसत्ताको रङसँग नमिल्ने जुन अवस्थामा म थिएँ । त्यहि अन्तरविरोधलाई मैले लेखेको हुँ ।”
उनको लेखन, पात्र र सन्दर्भ मुलतः काठ केन्द्रित नै छ । तर काठ प्रवृत्ति र मानसिकताको जुन रुप, लवज, मानसिकता र चिन्तन आउनुपर्ने हो नआएको जस्तो देखिन्छ । कताकता नजाँनिदो पारामा उनी काठेपनभित्र नै रुमल्लिरहेको र त्यसभन्दा बाहिर आएर लेख्ननसकेको भान हुन्छ । भन्छन्, “त्यो त लेखकका सिमाहरु हुन्छन् । मेरा पनि छन् । प्रेतकल्प, वृषभ वध चैं त्यो पनि त्यहि सेटिङमा छ । नयाँ आएको “हजार माइलको यात्रा” पनि त्यस्तै छ । तुलना नै गर्ने हो भने, रमेश विकलहरु भन्दा, राजबहरु भन्दा त मैले नै लेखेको छु नि ! त्यता चैं नदेख्ने ?”

काठभित्र प्रेमः
काठभित्र प्रेम बर्जित जस्तै थियो । कसैले खुलेर प्रेम गर्न पाउँदैन थे । यदि कोहि केटाकेटिले आपसि सहमतिमा बिहे गरिहाले भने पोइला गएको भन्थे । प्रेम गरेर जानेहरुलाई पोइल गएको भन्ने समयमा उनी हुर्किएका थिए । भन्छन्, “काठभित्र प्रेम त असाध्यै ठुलो बन्देज थियो । बर्जित पनि कतिसम्म भन्ने ! मेरै साथीले प्रेम गरेर आफ्नो प्रमिकालाई लिगेर घुम्न जाना लाग्दा कुटाई खायो । प्रेम त देखिँसहँदैन थे ।” उनले पनि लुकिछिपि जवानीमा प्रेम गर्ने अवसर प्राप्त गरे । उनी भन्छन्, “लुकेरै सहि प्रेम त गरियो नि । नगर्ने कुरै भएन नि ! धोका सोखा दिने काम गरिएन ।”
उनी युवावयको एक घटना सम्झन्छन् । जतिबेला उनी एक विदेशी सँग प्रेममा थिए । उनी खैरेनीसँग अँगालो मार्दै घर गइरहेका थिए । बाटोमा जाँदा सबै मान्छेले उनलाई हेर पण्डितको छोरो खैरिनीलाई अँगालोमारेर हिँड्छ भन्दै बिल्ला गरे । भन्छन्, “असह्य नै सहि । प्रेममा मेरो ठुलो विद्राहे थियो नि त्यो । हुनतः काठसँग त मेरो ठुलो विद्रो पनि हो । तर काठप्रतिको मेरो माया पनि अपारको छ । मेरो जमिन र उभिने ठाउँ त फेरि त्यहि हो ।”


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*