राक्सिराङमा प्रहरीले २ सय कठ्ठा अफिम फँडानी गर्यो

२०७४ फाल्गुन १०,बिहीबार १९:०८

मकवानपुर, १० फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले करिब २ सय कठ्ठा अवैध लागुऔषध अफिम फँडानी गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ पन्जली भन्ने स्थानमा अबैध रुपमा लगाईएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस अघि पनि मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा गाँजा तथा अफिम खेती फँडानी गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*