भिमफेदीमा प्लाष्टिक बटुल्दै नेपाली सेना

२०७४, १ फाल्गुन मंगलवार १८:२६

भिमफेदी, १ फागुन । २८२ औं सेना दिवस तथा महाशिवरात्री पर्वका अवसरमा नेपाली सेनाले भीमफेदी गाउँपालिकाको भिमफेदी बजार क्षेत्रका पुरातात्वीक धार्मिक मठ मन्दिर सरसफाई गरेको छ ।

मंगलबार सह–सेनानी भुपेन्द्र राना भाटको नेतृत्वमा सैनिक जवान पदाधिकारी सहितको टोली उक्त सरसफाई अभियानमा जुटेको भिमफेदीबाट सुरेन्द्रराज थिकेले जानकारी दिएका छन् । नेपाली सेनाका जवानका साथै गाउँपालिकाका सदस्य प्रतिनिधि सरिता परियार , सहकारी अभीयन्ता निर्मला थापा र स्थानीयवासीहरुको समेत सहभागीतामा सरफाई भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...