बाग्मती गाउँपालिका गोल्डकप : आयोजकलाई हराउँदै हरिहरपुर फाईनलमा प्रवेश

२०७४, १ फाल्गुन मंगलवार १८:१४

-चन्द्र घलान
मकवानपुर, १ फागुन । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को पहिलो सेमिफाईनलमा आयोजक बाग्मती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै हरिहरपुर गाउँपालिका खेलकुद विकास समिति फाईनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि ट्राईब्रेकरको आधारमा खेलको फैसला गरिएको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले तु खबरलाई जानकारी दिए । ट्राइब्रेकरमा समेत दुबै टिमबाट २–२ गोलको बराबरी भए पछि पुन ३–३ जनाले गरेको सुटआउटबाट १–० गोल अन्तरले हरिहरपुरगढी विजयी भएको हो ।

त्यस्तै फागुन २ गते हुने दोस्रो सेमिफाईनल खेलमा न्यू योङ स्टार रातोमाटे र बाग्फागुन २ गते हुने सेमिफाइनलको खेल न्यू स्टार रातोमाटे र राई गाउँ युवा क्लबबिच दिउँसो २ बजे हुनेछ ।

बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रतियोगिता बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको खेलमैदानमा संचालन भइरहेको छ । प्रतियोगिताको फाईनल यही फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...