हेटौँडाको दक्षिणकाली र मनकामना जाने बाटो ढलान हुँदै

मकवानपुर, १ फागुन । हेटौँडा उपमहानगरपालिका वडानंम्बर ५ मा दुईवटा सडकमा स्लाब ढलान गरिने भएको छ । हेटौँडा ५ को दक्षिणकाली जाने सडकको मंगलबार स्लाब ढलान गर्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्याश गरेका छन् ।

अर्को सडकको भने भोलिबाट काम सुरु गरिने बताइएको छ । दक्षिणकाली जाने सडकको सिलान्याश गर्दै मेयर महतले हरेक क्षेत्रमा सडक पिच र फराकीलो बनाउने अभियानमा आफु लागेको बताए । उनले अहिलेपनि धेरै क्षेत्र कच्ची सडक रहेकाले आफ्नो पालामा सडक पिच गर्ने कामलाई बढी तिब्रता दिइएको दाबी गरे ।

उपमहानगरपालिकाले यस सडक निर्माणका लागि कुल ८ लाख ५३ हजार रुपैयाँ सहयोग गरेको छ । १ सय १८ मिटर लम्बाई रहेको यस सडक चार मिटर चौडाईको रहेको छ । यसैगरी हेटौँडाबाट मनकामना मन्दिर जाने स्ल्याब ढलान गर्ने यो सडकका लागि पनि उपमहानगरपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ । २ सय मिटर लम्बाई रहेको यस सडकमा चार मिटर चौडाई रहेको छ । भोलिबाटनै यस सडकको काम सुरु गर्ने तयारी गरिएको स्थानिय उपभोक्ता समितिले जनाएको छ ।

मनकामना दर्शन गर्न र बिहान मर्निङ वाक गर्नका लागि हेटौँडाका वासिन्दाहरुनै हिड्ने भएकाले यो सडक बढी महत्वपुर्ण रहेकोले लगानी गरिएको उपमहानगरपालिकाका मेयर महतले बताए । बर्षायाममा सधैँ हिलो र हिउँदमा सधै छारो उड्ने भएकाले उपमहानगरपालिकाको क्षेत्र समेत परेका कारण लगानी गरिएको हो । सबैलाई मनकामना दर्शन गर्नका लागि सजिलो समेत हुने भएकाले सडकको स्तरोन्नतिको लागि अर्को वर्ष समेत बजेट विनियोजन गरिने महतले बताए ।

प्रतिक्रियाको लागि