राक्सिराङका १ जना घरबाटै पक्राउ

२०७४ फाल्गुन १,मंगलवार १२:००

मकवानपुर, १ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । यस अघि ४ जनालाई पक्राउ गरेको प्रहरीले माघ २९ गते बेलुका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का मानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा ८ जना र ईलाका प्रहरी कार्यालय मनहरीबाट ७ जना गरी १५ जना को प्रहरी टोली राक्सिराङ–८ ठूलो टोड्केमा अवस्थित मोक्तानको घरमा खानतलासीको लागि पुगेको थियो ।

खानतलासीका क्रममा मोक्तानको घरबाट ४०० किलो लागू औषध गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*