यसरी भयो ३ नम्बर प्रदेशमा नियुक्त दुई मन्त्रीको सपथ ग्रहण (फोटो फिचर)

-चन्द्र घलान
मकवानपुर, २९ माघ । सोमबार मात्रै पदभार ग्रहण गरेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेल सहितको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र स्थापितलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको हो ।

नियुक्त भएका दुबै मन्त्रीलाई प्रदेश नम्बर ३ हेटौँडामा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बिच प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

हेरौँ केही तस्बिरहरु–

सपथ ग्रहणका दृश्यहरु

प्रतिक्रियाको लागि