मुख्यमन्त्री डोरमणि पौडेलको लिष्टमा मन्त्री बन्नेहरु यस्ता छन् (नामावली सहित)

चन्द्र घलान/बलराम पुडासैनी
मकवानपुर, २९ माघ । सोमबार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा डोरमणि पौडेलले पदभार ग्रहण गरेसँगै ३ नम्बर प्रदेशको मन्त्री मण्डल कसरी बन्छ र को–को त्यसको सदस्य हुन्छन् भन्ने कौतुहलता सबैमा छ । आजै केशव स्थापित र रामेश्वर फुयाँल सहितको सानो आकारको मन्त्री मण्डल बन्ने चर्चा पनि यतिखेर बजारमा छ ।

तर मुख्य मन्त्री डोरमणि पौडेलले नेकपा एमालेका केही सांसदहरुलाई मन्त्री बनाउने लिष्टमा राखेको एमाले उच्च श्रोतले जानकारी दिएको छ । तु खबरलाई दिइएको जानकारी अनुसार प्रदेश नम्बर ३ को मन्त्री मण्डलमा नेकपा एमालेका सांसदहरु चितवनका दावा लामा, रामेछापका कैलाश ढुङ्गेल, काठमाडौँका केशव स्थापित, सिन्धुपाल्चोकका अरुण नेपाल, सिन्धुलीका बिनोद खड्का, चन्द्र लामा लगायतका विषयमा छलफल भइरहेको छ

श्रोतले तु खबलाई दिएको जानकारी अनुसार पशुपति चौँलागाईँ र राजेन्द्र पाण्डेले आफुहरु मन्त्री मण्डलमा बस्न चाहेमा तुरुन्तै मन्त्री हुनसक्ने अवस्था रहेको छ । उनीहरुले चाहेमा मन्त्रीपरिषदले कुनै सवाल बिना नै उनीहरुलाई मन्त्री बनाउने अवस्था रहेको बताइएको छ ।

साथै नेकपा माओवादी केन्द्रका तर्फबाट मकवानपुरकी सांसद कुमारी मोक्तानको पनि मन्त्री मण्डलमा जाने ठूलो सम्भावना रहेको श्रोतको दाबी छ ।

मोक्तान मकवानपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् भने स्थापित काठमाडौ क्षेत्र नम्बर ६ (क) बाट निर्वाचित भएका हुन् । त्यस्तै फुयाँल काठमाडौँ ३ को प्रदेशसभा ख बाट विजयी भएका हुन् । फुयाँल र स्थापित नेकपा एमालेका तथा मोक्तान नेकपा माओवादी केन्द्रका हुन् ।

प्रतिक्रियाको लागि