१८ पटक प्रहरी हिरासतमा बसेका डोरमणि पौडेलको मुख्य मन्त्रीसम्मको ऐतिहासिक यात्रा

-चन्द्र घलान

मकवानपुर, २९ माघ । संघीय नेपालका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरिसकेका छन् । सरकारले टाउकोको मुल्य समेत तोकेका पौडेलको ऐतिहासिक यात्रा भने त्यति सहज छैन ।

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि बिकास गरेको जानकारहरु बताउँछन् ।

राज्य पुर्नसंरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन् ।

काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । बाबा मायानाथ पौडेल र आमा कुलकुमारी पौडेलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन् । बि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।

प्रतिक्रियाको लागि