राक्सिराङमा ८ केजी गाँजा बरामद, घरधनी फरार

२०७४ माघ २६,शुक्रबार १४:४०

मकवानपुर, २६ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीय पूर्णबहादुर तामाङको गोठबाट करीब ८ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले तामाङको गोठ बिहीबार चेक गर्दा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको हो । फरार तामाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*