समाज सचेतना साप्ताहिक पत्रिकाको विमोचन

मकवानपुर २६ माघ । समाज सचेतना साप्ताहिक पत्रिकाको विमोचन शुक्रवार भएको छ । साप्ताहिक तथा दैनिक पत्रिकाहरुको निकैनै भिड भएको मकवानपुरमा आज समाज सचेतना नामक पत्रिकाको पनि विमोचन गरीएको हो । आज मकवानपुरको हेटोंडामा आयोजित पत्रिका विमोचन कार्यक्रममा मकवानपुरका प्रमुुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालयका प्रमुख विकास राज खनाल ,र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाइले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्र जि अ बुढाले पत्रिकाहरु दर्ता धेरै हुने अनि निरन्तरता भने केहिले मात्र गर्ने गरेको कारण पत्रिकाको निरत्तरताको सुभकामना समेत दिए । उनले निश्पक्ष रुपमा मकवानपुरका समस्याहरुलाई उजागर गर्नको लागि प्रेरणा समेत दिए ।
पत्रिकाकी प्रकाशक सरीता ढुँगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाकी सम्पादक सञ्जु चापागाई , कार्यकारी संम्पादक रमेश बञ्जारा ,प्रबन्ध निर्देशक गीता बानियाँ गलाएतको उपस्थििति रहेको थियो ।

प्रतिक्रियाको लागि