राक्सिराङमा २२ कठ्ठा गाँजा फँडानी

२०७४ माघ २५,बिहीबार १९:४५
File Picture

मकवानपुर, २५ माघ । मकवानपुरको राक्सिराङमा प्रहरीले पूनः १० कठ्ठा गाँजा खेती फँडानी गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राक्सिराङ गाउँपालिकाका वडा नम्बर ७ को बिभिन्न स्थानमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी नायब निरीक्षक अरुण कुमार यादवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले अबैध रुपमा लगाईएको गाँजा खेती अन्दाजी २२ कठ्ठा र अफिम अन्दाजी १० कठ्ठा फँडानी गरी नष्ट गरिएको हो ।

प्रहरीले यसअघि पनि विभिन्न चरणमा राक्सिराङ गाउँपालिका सहित कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा गाँजा खेति नष्ट गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*