जन्मदाता

कविता
-सइना प्रजापति

बुबा नै हुन् मेरा देवता
पूजा गर्छु म दिन रात ।

बुबाको हात समाई रमाउँछु
अघि बढ्न बुबाकै हात समाउँछु ।

बुबा हाम्रो लागि दिन रात खट्ने
हामी एउटा खेलौनाको लागि मरी मेट्ने ।

सानो बेलामा बुबालाई दिन्थ्यौँ धेरै दुःख
ठूलो भएपछि उहाँलाई दिनेछु म सुख ।

बुबा नै हामीलाई देखाउनु हुन्छ राम्रो बाटो
बुबाले गर्दा हामीलाई केहीको हँुदैन खाँचो ।

सइना प्रजापति

बुबा नै लाग्छ मलाई प्राणभन्दा प्यारो
उहाँबाहेक अरु कोही छैन न्यानो ।

बुबाले हामीसँग राख्नुहुन्छ धेरै आशा
हामीले बुबालाई दिन हुँदैन निराशा ।

सानो हुँदा देखाउनु हुन्थ्यो ज्ञानको तारा
ठूलो भएपछि म बुबालाई दिन्छु सहारा ।

कक्षा :७ क
नवोदय शिशु सदन
हेटौँडा ४ कमलडाँडा

सइना प्रजापति

प्रतिक्रियाको लागि