मकवानपुर बहुमुखी क्याम्पसको एकल नृत्यमा ७ जना फाईनलका लागि छनौट

२०७४, २३ माघ मंगलवार १८:४१

हेटौँडा, २३ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित एकल नृत्य प्रतियोगितामा फाईनलका लागि ७ जना प्रतियोगिहरुलाई छनौट गरिएको छ ।

अडिसनबाट फाईनलमा प्रवेश गर्नेहरुमा बिरबहादुर ब्लोन,ठाकुरराम थिङ,रिता कुमारी महर्जन,बिपना चौलागाई,मलिशा घताने,बिपना शर्मा लगाएताका रहेका छन् ।

क्याम्पसको वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको सप्ताहब्यापी बिबिध कार्याक्रम अन्तरर्गत प्रतियोगिता भएको हो । क्याम्पसमा भएको अडिसनबाट ७ जना मात्रै फाईनल राउण्डको लागि छनौट भएको स्वबियु सदस्य तथा एकल नित्य प्रतियोगिताका संयोजक सुजन ढकालले जानकारी दिएका छन् ।

फाईनलमा प्रवेश गर्ने ७ जनामध्येबाट २८ गते कार्यक्रम समापनको दिन अन्तिम प्रस्तुति राख्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अडिसनमा निर्णायकको भूमिका नृत्यकर्मी पेमा लामाले निभाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...