१३ औं पटक जिल्ला प्रथम भएको आधुनिक माविको रहस्य यस्तो

प्रधानाध्यापक ऋिषिराम पोखरेल

-सन्देश थिङ
मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित आधुनिक राष्ट्रिय मावि मकवानपुरमा भएका विद्यालयहरु मध्येमै नमुना विद्यालयको रुपमा स्थापित भईरहेको छ । सरकारी विद्यालय भएरपनि शैक्षिक क्षेत्रमा पटक पटक उत्कृष्ट नतिजा हासिल गर्न सफल हुने उक्त विद्यालय मकवानपुरका अन्य विद्यालयहरु भन्दा छुट्टै पहिचान बनाउँदै स्थापित भईरहेको छ । वि.सं.२०७३ सालको एसईई परिक्षामा समेत सतप्रतिश नतिजा लाई जिल्लामै १३ औं पटक प्रथम हुन सफल भएको यस विद्यालयको सफल हुनुको रहस्य पनि केही फरक छ ।

उक्त विद्यालयमा पठन–पाठन कसरी संचालन हुन्छ ? विद्यालयको शिक्षा प्रणाली कस्तो छ ,यस्ता विषयमा मकवानपुरका अन्य विद्यालयका अभिभावक र विद्यार्थीहरुलाई जिज्ञासा हुनु स्वभाविक हो ।

तु खबरले यस बारे केही जिज्ञासाहरु शिक्षक अभिभावक र विद्यार्थीसँग गरेको थियो । त्यस क्रममा आफैमा सफल यो विद्यालयको केही व्यथाहरुसमेत यहाँ उजागर गरिएको छ । आधुनिक राष्ट्रिय माविका एक छात्राले भनिन् “ हामीलाई स्कुल आएर पढ्दा घरकै वातावरणमा पढें जस्तो लाग्छ ।’ अभिभावकहरुको भनाई पनि यी छात्राको जस्तै छ । तु खबरको टोली विद्यालयमै पुगेर जानकारी लिने क्रममा यसको प्रमाण पनि भेटियो । विद्यालय साँच्चै विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि लागिपरिरहेको छ ।

यसकारण सफल छ आधुनिक
विद्यालयमा शिक्षकहरु नियमित उपस्थित हुनु, शिक्षक तथा व्यवस्थापन समितिको छलफल र बैठक समय समयमा हुनु , विद्यार्थीको चाहानालाई मध्यनजर गरे अनुशासन सहितको कक्षा संचालन हुनु विद्यालय सफल हुनुका केही कारणहरु हुन् । त्यस्तै कक्षा संचालनको क्रममा शिक्षक वा विद्यार्थीले मोवाईल फोन चलाएर बस्न नपाउने, कमजोर विद्यार्थीको लागि थप कक्षा र थप समयको व्यवस्था गरिएको साथै कुनै शिक्षक बिदामा बसेको खण्डमा विकल्पमा अर्को शिक्षकले कक्षा संचालन गर्ने व्यवस्था गरिएको कारण यहाँ पढाई नियमित रुपमा संचालन भइरहेको हुन्छ ।

विद्यालयका प्रधानाध्यापक ऋषिराम पोखरेलले विद्यालयका शिक्षकहरुमा आफ्नो जिम्मेवारी बोध भएको बताए । समय समयमा शिक्षक तथा विद्यार्थीहरुको अवलोकन अनुगमन गरिने व्यवस्था समेत आफुहरुले गरेको कारण पनि विद्यालयमा शिक्षा प्रणाली राम्रो भएको हो ।

‘तराईका विद्यार्थीहरुको पहिलो रोजाई बन्दै आधुनिक’
हाल विद्यालयमा तराई क्षेत्रका विद्यार्थीहरुको भर्ना हुने संङ्ख्यामा बृद्धि भएको प्रधानाध्यापक पोखरेलले बताए । विद्यालयमा हाल १ हजार ६ सय ८६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमध्ये छात्रा ७ सय ३६ र छात्र ९ सय ५० रहेका छन् । उक्त तथ्याङ्क अनुसार मकवानपुरका अन्य विद्यालयको तुलनामा यस विद्यालयमा विद्यार्थीको चाप ठूलो छ ।

२०७३ सालको एसईई परिक्षामा २ सय ८२ जना विद्यार्थीले परिक्षा दिएकोमा सत प्रतिशत विद्यार्थीले परिक्षा उर्तिण गर्नुले विद्यालयको गरीमालाई उच्च राखेको छ । नतिजा अनुसार १३ जनाले ए प्लस ७४ जनाले ए, ८६ जनाले बि प्ल, ८३ जनाले बि, २४ जनाले सि प्लस र २ जनाले सि ग्रेड प्राप्त गरेका छन् ।

शौचालय प्रयोग गर्न घण्टौं लाईनमा

शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा दिँदैं आईरहेको उक्त विद्यालयमा केही समस्याहरु प्नि रहेका छन् जसको कारण अध्ययन अध्यापनमा केहि कठिनाई भएको समेत प्रधानाध्यापक पोखरेल बताउँछन् । उनका अनुसार विद्यार्थी संङ्ख्याको तुलनामा शौचालय पर्याप्त नभएको कारण विद्यार्थीहरु लाईनमा निकै समय कुर्नु पर्ने र शौचालय प्रयोगकै लागि भनेर दिनको २ पटक ब्रेक गर्नुपर्ने बाध्यताले गर्दा शिक्षण सिकाईमा समस्या देखापरेको छ ।

कक्षाकोठा संचालनको लागि आवश्यक भवन त्यसैगरी डेक्स बेन्च साथै शिक्षककै अभावका कारण केहि समस्याहरु देखापरिरहेको उनको भनाई छ । शिक्षण प्रणालीमा भने विद्यार्थीहरुको मनोभावना अनुसारको सिकाई प्रणाली भएकोले विद्यार्थीको सिकाई स्तर उच्च रहेको उनको दाबी छ ।

प्रतिक्रियाको लागि