राक्सिराङमा ब्ल्याङ्केट बाँड्दै स्वास्थ्यकर्मी

२०७४ माघ २२,सोमबार १५:२६

मकवानपुर, २२ माघ । मकवापुरको पश्चिमी भेग राक्सिराङ गाउँपालिकाका बिपन्न चेपाङहरुलाई स्वास्थ्यकर्मीहरुले न्यानो कपडा बितरण गरेका छन् । राक्सिराङ ९ स्थित खैराङ स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीहरुले ५ वर्ष मुनिका १ सय ४० जना बिपन्न चेपाङ बालवालिका तथा गरिब र असहाय चेपाङहरुलाई न्यानो कपडा र ब्ल्याङ्केट बितरण गरेका हुन् ।

स्वास्थ्य चौकीका अहेब सन्तोष श्रेष्ठ र बिएनएमटी नेपालमा कार्यरत सि.एच.एस दिपेश थापाको पहलमा कपडा बितरण गरिएको हो । कपडा भानु नगरपालिका १ भन्सार तनहुँका युवाहरुले सहयोग गरेका थिए । अहेब श्रेष्ठ पनि भन्सारबासी हुन् । उनीहरुलाई कपडा बितरणमा स्वास्थ्यचौकीका अनमिहरु अक्कमाया लामा र मंगलीमाया वाईबाले सहयोग गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*