रेडियो भरोसाको कन्सर्टमा ज्योति मगरले हेटौँडाको स्टेज तताउने

२०७४, २२ माघ सोमबार १२:५२

मकवानपुर, २२ माघ । ग्लामरस छविका कारण पछिल्लो पुस्तामा चर्चित रहेकी गायिका ज्योति मगरले हेटौँडामा पूनः आफ्नो प्रस्तुति दिने भएकी छिन् । मकवानपुरमा बिगत एक वर्षदेखि संचालनमा रहेको रेडियो भरोसा अनलाईनले आयोजना गर्न थालेको कन्सर्टमा ज्योति मगरको प्रस्तुति रहने रेडियोका स्टेसन म्यानेजर सशान्त तामाङले जानकारी दिए ।

आउँदो चैत्र ३ गते हेटौँडाको भुटनदेवी स्कूल चौरमा हुने कन्सर्टमा ज्योतिसँगै गायकहरु बिनय केटु, सुनिल मगर, राजेश राई, सुरज गुरुङका साथै प्रलय चौलागाई, रविकुमार चेपाङ, सुन्दर लामा, राजु घलान, सुरज ब्लोन लगायतका कलाकार तथा गायकहरुको प्रस्तुति रहनुका साथै सृजना कला केन्द्र र म्यूजिक एकेडेमीका कलाकारहरुको पनि प्रस्तुति रहनेछ । कन्सर्टका लागि टिकट बेच्ने क्रम पनि सुरु भइसकेको तामाङले जानकारी दिए ।

कन्सर्टमा सहभागी दर्शकहरुलाई गोलाप्रथाद्वारा बिजेता घोषणा गरि प्रथम हुनेलाई ३२ ईन्चको एलईडी टिभी १ थान, दोस्रो हुनेलाई रेफ्रिजेरेटर १ थान, तेस्रो हुनेलाई मोबाईल सेट १ थान, चौथो हुनेलाई टेबल फ्यान १ थान र पाँचौँ हुनेलाई भित्तेघडी १ थानको समेत व्यवस्था गरिएको छ ।

थ्री स्टार मिडिया प्रालिद्वारा संचालित रेडियो भरोसाले विभिन्न रेडियो कार्यक्रमका साथै समाचारमुलक अनलाईन पोर्टल समेत संचालन गरिरहेको छ । साथै रेडियो भरोसा फ्रिक्वेन्सीमै जाने तयारी पनि भइरहेको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...