के भने प्रमुख सचिव रेश्मिराज पाण्डेले ? हेर्नुहोस् भिडियो सहित

२०७४, १९ माघ शुक्रबार १५:५८
Featured Video Play Icon

मकवानपुर १९ माघ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रमुख सचिवको रुपमा आज रेश्मिराज पाण्डेले पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले आफु प्रमुख सचिवको रुपमा पदबहाली गर्न पाँउदा निकैनै खुसी लागेको बताएका छन् । उनले मकवानपुरका सरकारी निकायले मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को कार्यालयको तक्काल व्यवस्थापन गर्न सहयोग गरेको प्रति आभार व्यक्त गरे ।

आफुलाई नेपाल सरकारको मन्त्रीपरिषदको कार्यालयले प्रमुख सचिवको रुपमा नियुक्त गरेको प्रति आभार व्यक्त गर्दै उनले मन्त्री परिषदको कार्यालयलाई आजैबाट संचालनमा ल्याउन समेत निर्देशन दिएका छन् ।

उनले पदबहाली पछि बोल्दै ७ वटै प्रदेश मध्येमा उत्कृष्ठ प्रदेश बनाउन आफुहरुले डटेर काम गर्ने बताए । प्रदेशसभाको बैठकले माघ २७ गते मुख्य मन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ । मुख्य मन्त्री निर्वाचित भएपछि सबै मन्त्रालय संचालनमा आउने उनले तर्फ दिए ।

उनले पारदर्शि रुपमा मन्त्रालयलाई संचालनमा ल्याउन निर्देशन दिए । प्रदेशसभा प्रक्रियामा गएपछि बजेटको व्यवस्थापन अर्थमन्त्री मार्फत हुने उनले जानकारी दिए ।

पाण्डेले के के भने हेर्नुहोस भिडियो –


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...