मकवानपुरमा तामाङ फिल्मको शुभ मुहुर्त,‘रुङशी टीला’को छायाँकन शुरु

मकवानपुर, १५ माघ । तामाङ चलचित्र ‘रुङशी टीला’ (पर्खी बस्छु) को हेटौंडामा सोमवार एक कार्यक्रमका बिच शुभमुहुर्त गरिएको छ । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई कलाकार इन्द्रमान स्याङ्तानबाट शुभमुहुर्त गरिएको हो ।

चलचित्रमा सानु लामा, विक्रम लुङबा नायकको भूमिकामा रहने छन् भने सुष्मा थिङ र सङ्गीता दोङ नायिकाको भूमिकामा रहने छन् । कलाकारहरु राधिका स्याङतान, राजु नेगी, विजय थोकर, भरत पाख्रिन, राकेश लामा, अमृता स्याङतान लगायतको पनि चलचित्रमा अभिनय रहने रुङशी टीला चलचित्र युनिटले जानकारी दिएको छ । द्वन्द्व निर्देशन राजु किराँतले गर्ने चलचित्रको छायाङ्कन सुदर्शन दुलालले गर्ने छन् ।

पारिवारिक कथावस्तुमा निर्माण हुँदै गरेको चलचित्र रुङशी टीलालाई नेपाली तथा विभिन्न भाषामा गरि करिव २ सय भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङले निर्देशन गर्ने बताइएको छ ।

प्रतिक्रियाको लागि