मकवानपुरकी दुई किशोरी बेपत्ता

२०७४ माघ १०,बुधबार १९:०६

मकवानपुर, १० माघ । मकवानपुरकी दुई किशोरी बुधबार बिहानबाट हराएकी छिन् । सिविन बाल हेल्प लाईनका अनुसार मकवानपुरको राक्सीराङ गाउँपालिका–३, पलासेमा बसोबास गर्दै आएका बुवा शिब राम रिजाल र आमा लक्ष्मी रिजालकी छोरी १५ वर्षीय प्रमिला रिजाल र उनीसँगै सोही वडाको कुडुलेमा बसोवास गर्दै आएका पातलीमाया नेपालीकीे छोरी १५ वर्षीय युनिसा नेपाली नाम गरेकी किशोरी हराएकी हुन् ।

हराएकी मध्ये प्रमिला गहु गोरोे वर्ण, आन्दाजी ५.३ फिट उचाईकी रहेकी छिन् । उनी श्री सूर्यदय उच्च मा.वि. राक्सीराङ गाउँपालिका–३, पलासेमा कक्षा–१० मा अध्ययनरत रहेको सिविनले जनाएको छ । त्यस्तै सोही विद्यायमा उनीसँगै अध्ययन गर्ने युनिसा गहँु गोरोे वर्ण, अन्दाजी ५ फिट उचाईको रहेको जनाइएको छ । उनीहरु २०७४ माघ १० गते बुधबार विहान ७ वजे विद्यालय कोचिङ पढ्न भनि दुबै घरबाट हिढेकोे र हालसम्म वेपत्ता रहेको प्रमिला रिजालकी दाई गणेश बर्ताैलाले जानकारी दिए ।

बालिकालाई देख्ने वा फेला पार्नेले सिविन बाल हेल्पलाइन नेपाल हेटौंडाको पैसा नलाग्ने फोन नं. १०९८ (दश—नौ—आठ) मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन सिविन बाल हेल्पलाइन मकवानपुरले अनुरोध गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*