केटाहरुको यी स्वभावहरु जुन केटीहरुले मन नपराई बस्नै सक्दैनन् ।

२०७४, ९ माघ मंगलवार १६:२७

साधारण भाषामा केटीलाई  पट्याउन वा आफु प्रति मोहित पार्नको लागि अधिकाँश केटाहरुले विभिन्न उपायहरु अपनाईरहेका हुन्छन् तर कतिपय अवस्थामा केटाहरु सफल नभईरहेका हुन्छन् । यस्तो अवस्थामा निकैनै पिडा हुने गर्दछ । तर हामिले सहि तरिका र आचरणका साथ केटीहरुलाई मोहीत पार्नको लागि हामिले यस्ता तरीकाहरु त्यार पारेका छौं ।

जुन केटीहरुलाई औधि मन पर्छ र केटा हरुको बसमा परिहाल्छन् वा पछ्याउन थालिहाल्छन् ।

 धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा अधिकाँश  केटीलाई मन पर्छ ।

  कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।

 कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

ख्याल गर्ने केटा स् आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।  कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...