यस कारण तोकियो हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी

२०७४, ३ माघ बुधबार १८:०३

मकवानपुर, ३ माघ । सरकारले बुधबार सातै वटा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार यस अघि नै अस्थायी राजधानी तोकिएर पूनः खारेज गर्ने सम्मको हल्ला चलिसकेको मकवानपुरको हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको छ । चुनाव अगाडि नै हेटौँडालाई अस्थायी राजधानी तोक्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रापप्राका केन्द्रीय अध्यक्ष कमल थापा लागि परेका थिए र उनी मन्त्रीपरिषदमा त्यो निर्णय गराउन समेत सक्षम भएका थिए । त्यस समयमा हेटौँडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन उपयुक्त भएको भन्दै राजनीतिक दल र मकवानपुरे बुद्धिजीवीहरु समेत होस्टे–हैँसे गर्दै एकढिक्का भएर लागेका थिए । तर चुनाव पछि त्यो कुरा सेलाउँदै गएको थियो । अझ भक्तपुरको ठिमीलाई ३ नम्बर प्रदेशको राजधानी तोकिएको समाचार बाहिरीएपछि हेटौँडा आफै चुपचाप भएको थियो । एकप्रकारले हेटौँडालाई प्रदेशको राजधानी बनाउने कुरामा खुल्ला रुपमा बहस गर्न यहाँका बुद्धिजीवीहरु समेत डराईरहेका थिए । एकप्रकारले हेटौँडा अस्थायी वा स्थायी राजधानी अब सम्भव छैन भन्ने विचार पनि यदाकदा सुुनिन थालेको थियो ।

तर यसका बावजुत पनि एकाएक हेटौँडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको छ । आखिर किन त ? यस बारेमा सबैलाई चासो बढेको छ । श्रोतले बताए अनुसार हेटौँडालाई अस्थायी राजधानी बनाउनमा ३ व्यक्तिहरुले विशेष लबिङ गरेका छन् । ती ३ व्यक्तिहरु हुन् – राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा, नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी डीना उपाध्याय र पूर्व गृहराज्य मन्त्री तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ ।

श्रोतका अनुसार यी ३ मकवानपुरेले हेटौँडालाई अस्थायी राजधानी लगाउन तलदेखि माथिसम्मै लबिङ गरेका थिए । मन्त्री परिषदको निर्णय हुनुपूर्व नै विशेष छलफलहरु समेत उनीहरुले गरेका थिए ।

त्यति मात्र होईन विशेष संयोग मान्नुपर्छ कि आज मकवानपुर उद्योग वाणिज्य संघले समेत यहाँका दल र पत्रकारहरुसँग बसेर आजको मन्त्री परिषदको निर्णयमा हेटौँडा नै प्रदेश नम्बर ३ को राजधानी बनाईनु पर्छ भनेर दबाव दिने उदेश्यले छलफल समेत गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...