मकवानपुरको सिस्नेरीमा पनि शाखा रहित बैंकिङ सेवा

२०७४, २८ पुष शुक्रबार १८:५६

मकवानपुर, २८ पुस । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका छन् । कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट–प्रतिनिधि लव कुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा मेसिन हस्तान्तरण गरेका हुन् । साथै बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिए ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...