
नारायणी यातायातमा हिरालाल अघिअघि गोकर्ण पछिपछि (ताजा मत परिणाम)


मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १ हजार ५ सय मतगणना भएको छ ।
१ हजार ५ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ अध्यक्षका प्रत्यासी गोकर्ण पराजुलीभन्दा अगाडि रहेका छन् । श्रेष्ठको ८३३ मत र पराजुलीको ६४४ मत रहेको छ । यो नतिजा हेर्दा श्रेष्ठ पराजुलीभन्दा १८९ मतले अगाडि छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ७९० मत र सुबास पौडेलले ६४९ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा १४१ मतले अगाडि छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिका उपाध्यक्षमा दिपक सिवाकोटीले ५५३ मत र विष्णु बिडारीले ८७८ मत प्राप्त गरेका छन् । बिडारी सिवाकोटीभन्दा ३२५ मतले अगाडि छन् ।
महासचिवतर्फ भने वर्तमान महासचिव समेत रहेका सरोजकुमार खनालको ९५२ मत र ध्रुवप्रसाद बिडारीको ४८८ मत रहेको छ । खनाल बिडारीभन्दा ४६४ मतले अगाडि छन् । कोषाध्यक्षतर्फ किरण पौडेलको ५८२ मत र राजेश खड्गीको ८६१ मत रहेको छ । खड्गी पौडेलभन्दा २७९ मतले अगाडि छन् । जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


