१३ औं राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौंडामा सम्पन्न ,को को भए विजेता ?

२०७४, २८ पुष शुक्रबार १८:०८

मकवानपुर २८ पुस,

 बिहिबार हेटौंडामा सुरु भएको राखेप च्याम्पियनसिप अन्तर्गतको १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता आज सुक्रबार सम्पन्न भएको छ । हेटौंडामानै पहिलो पटक भएको कुस्ती प्रतियोगिताको आज फाईनल खेल भएको थियो । फाईनल खेलबाट पुरुष तर्फ  ६१ केजीमा कैलालीका सन्तोष एस के प्रथम भए भने सिराहका अमर यादाव दास्रो भए ।

त्यसैगरी ७४ केजीमा बाराका मुस्ताफ अन्सारीले स्वर्णपदक जितेका छन् भने  सिराहाका रामशंकर यादवले रजतपदक जितेका हुन् । ५७ केजी तर्फ सिराहाका रामबहादुर यालबले स्वर्णपदक जितेका छन् । त्यस्तै ७० केजी तर्फ कञ्चनपुरका सुरेश पुजाराले स्वर्ण पदक जिते भने  सिराहाका बिरेन्द्र कुमार यादबले रजतपदक जितेका छन् । ६४ केजी तर्फ बाराका अनिललाल राउतले स्वर्णपदक जितेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

समितिले थप जानकारी दिए अनुुसार पुरुष तर्पmकैै १सय २५ किजीमा पर्साका राज यादबले स्वर्णपदक प्राप्त गरेका छन् । ९७ केजीतर्फ बाँकेका रमेश गोतामेले जित हात पारेका हुन् ।

महिला कुस्ती तर्फ ९८ केजीमा मोरङ निवासी  संगीता धामीले स्वर्णपदक जित्दा कैलालीकी मिना आउजीले रजतपदक जितेकी छिन् । ६३ केजि तर्फ नेपाली सेनाकी सुशिला चन्दले स्वर्णपदक जित्दा मोरङकी गंगा ओली दोश्रो भएकी छिन् । ५३ केजी तर्फ कञ्चनपुरकी माया लोहा प्रथम भएकी छिन भने लतितपुर निवासी मेन्जम तामाङ् दास्रो भईन् । त्यसैगरी ४५ केजि तर्फ सुनसरीकी आसाकुमारी खत्री प्रथम भएकी छिन् ।

कुस्तीमा १९ वटा जिल्लाका खेलाडीहरुको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ । विजयी भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरीएको समेत जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...