यसकारण हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त छ : कमान सिं पाख्रिन

२०७४, २८ पुष शुक्रबार १३:४४

मकवानपुर २८ पुस । मकवानपुरको हेटौंडालाई प्रदेश नम्वर ३ को को राजधानि बनाउनु पर्छ भन्दै माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य एवं माओवादि केन्द्र मकवानपुरका संचार विभाग पमुख कमान सिं पाख्रिन पृथकले सामाजिक संजालमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यसोत यस विषयमा थुप्रै चर्चा र बहस मकवानपुरमा हुदैं आइरहेको छ । केहिले यस बिषयलाईनै लिएर मकवानपुरमा राजनिति पनि गरे ।
केहि समय अघिमात्र नेपाल सरकारको मन्त्री परिषदको कार्यालयले भक्तपुरको ठिमीलाई अस्थाई राजधानी तोकेको भन्ने समाचारहरु पनि संचार माध्ययहरुमा आएको थियो । तर वास्तवमा प्रदेश नम्वर ३ को राजधानि कहाँ हुन्छ भन्ने विषयको टुङ्गो भने लागेको छैन्
। मकवानपुरलाई प्रदेशको राजधानि बनाउनको लागि उपयुक्त रहेको तर्फ दिँदै माओवादी नेता पृथकले सामाजिक संजालमा आफ्नो विचार यसरी सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्
हेटौंडा बिरगंग तथा काठमाण्डौं अर्थात पुर्व पश्चिम राजमार्गको प्रमुख नाका हो साथै हेटौंडामा शिक्षा स्वास्थ्य ,बन प्रहरी सेना लगाएतका क्षेत्रिय कार्यालयहरु रहेका छन् । हेटौंडामा राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगहरु संचालनमा छन् । धरान चतरा निजगढ तथा काठमाण्डौको समेत नाका हेटौंडा नै हो । त्यतिमात्र नभई हेटौंडामा आवश्यक भौतिक संरचना निर्माणको लागि पर्याप्त स्थान समेत छ । साथै राजधानिको सुरक्षाको दृष्टिकोणले समेत मकवानपुरको हेटौंडानै उपयुक्त छ । उनले हेटौंडालाईनै प्रदेशको राजधानि बनाउनको लागि सरकारको चासो जाओस भन्ने सुझाव समेत दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...