नारायणी यातायातमा मतगणना जारी, ताजा मतपरिणाम यस्तो छ

२०७४, २८ पुष शुक्रबार १२:३७

मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १ हजार मतगणना भएको छ ।

१ हजार मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठको ५५१ मत र पराजुलीको ४३० मत रहेको छ । यो नतिजा हेर्दा श्रेष्ठ पराजुलीभन्दा १२१ मतले अगाडि छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ५४३ मत र सुबास पौडेलले ४१७ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा १२७ मतले अगाडि छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिका उपाध्यक्षमा दिपक सिवाकोटीले ३६४ मत र विष्णु बिडारीले ५८४ मत प्राप्त गरेका छन् । बिडारी सिवाकोटीभन्दा २२० मतले अगाडि छन् ।

महासचिवतर्फ भने वर्तमान महासचिव समेत रहेका सरोजकुमार खनालको ६३८ मत र ध्रुवप्रसाद बिडारीको ३१७ मत रहेको छ । खनाल बिडारीभन्दा ३२१ मतले अगाडि छन् । कोषाध्यक्षतर्फ किरण पौडेलको ३८५ मत र राजेश खड्गीको ५७७ मत रहेको छ । खड्गी पौडेलभन्दा १९२ मतले अगाडि छन् । जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु प्रतिस्पर्धामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...