मकवानपुरको मनहरीमा ३ घर जल्यो, करिब ४ लाख ३० हजारको क्षति

२०७४, २८ पुष शुक्रबार ११:२८
Photo File

–चन्द्र घलान
मकवानपुर, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शुक्रबार बिहान सवा १० बजे लागेको आगोले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार स्थानीय दिलबहादुर थिङको घरमा करेन्ट सर्ट भई लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने करिब २ लाख ५० हजारको अन्नपात तथा सामाग्री जलेर नष्ट भएको छ । त्यस्तै सोही स्थानमा बस्ने वर्ष ४४ का दमलाल थिङको घरमा पनि सोही आगोले पूर्ण रुपमा क्षति पुराएको छ । उनको करिब १ लाख ४५ हजारको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै छेवैमा रहेको गौरी कार्कीको घरमा समेत आगलागी हुँदा उनको घरमा आंशिक रुपमा क्षति पुगेको छ । उनको घरमा करिब ३५ हजारको धनमाल जलेको ईलाका प्रहरीले जनाएको छ ।

अहिले आगलागी नियन्त्रणमा आईसकेको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...