नारायणी यातायातमा हिरालाल र गोकर्णको कडा प्रतिस्पर्धा (सबै उम्मेदवारको ताजा मतपरिणाम सहित)

२०७४, २८ पुष शुक्रबार ०८:१३

मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म ६ सय मतगणना भएको छ ।

६ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठको ३२८ मत र पराजुलीको २६२ मत रहेको छ । यो नतिजा हेर्दा श्रेष्ठ पराजुलीभन्दा ६६ मतले अगाडि छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ३३८ मत र सुबास पौडेलले २३९ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा ९९ मतले अगाडि छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिका उपाध्यक्षमा दिपक सिवाकोटीले २१७ मत र विष्णु बिडारीले ३५५ मत प्राप्त गरेका छन् । बिडारी सिवाकोटीभन्दा १३८ मतले अगाडि छन् ।

महासचिवतर्फ भने वर्तमान महासचिव समेत रहेका सरोजकुमार खनालको ३८८ मत र ध्रुवप्रसाद बिडारीको १९० मत रहेको छ । खनाल बिडारीभन्दा १९८ मतले अगाडि छन् । कोषाध्यक्षतर्फ किरण पौडेलको २३३ मत र राजेश खड्गीको ३४८ मत रहेको छ । खड्गी पौडेलभन्दा ११५ मतले अगाडि छन् ।
जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु प्रतिस्पर्धामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...