सर्वोच्चको आदेशबारे यसो भन्छन् डाक्टर केसी

२०७४, २८ पुष शुक्रबार ०७:०९
Photo: The himalayan Times बाट साभार

काठमाडौँ, २८ पुस । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि तथा उनको उमेर सम्बन्धमा न्यायपरिषदबाट भएको निर्णय झिकाउन आदेश दिएको छ ।

इजलासले पुस २३ मा डा. शशी शर्माको मुद्दामा सर्वोच्चले दिएको फैसलाप्रति मिसिल झिकाउन पनि आदेश दिएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...