चर्चामा १६ वर्षीय मेन्जमको कुस्ती कला

मकवानपुर २७ पुस । भैंसेपाटीमा जन्मिएकी मेन्जम तामाङ अहिले १६ वर्षकी भईन् । सानै उमेरमा कुस्ती कलामा निपुण मेन्जमले अमेरिकामा भएका विभिन्न कुस्ती प्रतियोगिताहरुमा सफलता प्राप्त गरेकी छिन् ।

गोल्डेन कलरमा कुस्ती खेलाडी मेन्जम तामाङ, पहिलो राउण्डमा बिजेता भएपछि

आफ्नो अदभुद कुस्तीकलाको कारण उनले अमेरीकामा रहँदा कहिल्यैपनि पराजय व्यर्होनु परेन । उनी सानैदेखि नै कुस्तीमा जित्दै गईन् । उनको कुस्ती कलाका कारण पिता शुरेस तामाङ र आमा एकता तामाङ छोरीले अझैं सफलता प्राप्त गर्नेमा ढुक्क छन् । १२ कक्षामा अध्ययनरत मेन्जम हाल हेटौंडामा जारी पुरुष तथा महिला कुस्ती प्रतियोगितामा सहभागी छिन् । उनले यस प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेको दर्शकहरुको प्रतिक्रिया छ ।

कुस्ती खेलाडी मेन्जम तामाङ, पहिलो राउण्डमा बिजेता भएपछि

बिहीबार भएको कुस्ती प्रतियोगितामा पहिलो प्रतिस्पर्धीलाई पराजित गरेकी उनले दोस्रो प्रतिस्पर्धामा भने बराबर अंक भएपछि गोलाप्रथाका कारण पछि हट्नुपर्यो तर यत्तिकैमा प्रतियोगितामा उनको यात्रा भने टुङ्गीएको छैन । भोलि शुक्रबार हुने सेमीफाईनल र फाईनल खेलमा उनी सहभागी हुँदै छिन् । पाउने छिन् ।

गोल्डेन कलरमा कुस्ती खेलाडी मेन्जम तामाङ, पहिलो राउण्डमा बिजेता हुँदै गर्दा

गोलाप्रथाकै कारण पछि परेकी मेन्जमले तु खबरसँग प्रतिक्रिया दिँदै भनिन् –‘ आगामी दिनहरुमा कुस्तीमा राम्रो गर्नेछु । सकेसम्म कुस्तीमै आफ्नो नाम राख्ने छु । ’

गोल्डेन कलरमा कुस्ती खेलाडी मेन्जम तामाङ, प्रतिस्पर्धीलाई पछार्दै
गोल्डेन कलरमा कुस्ती खेलाडी मेन्जम तामाङ, प्रतिस्पर्धीलाई पछार्दै
गोल्डेन कलरमा कुस्ती खेलाडी मेन्जम तामाङ, प्रतिस्पर्धीलाई पछार्दै

प्रतिक्रियाको लागि