
राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ– प्रवक्ता शर्मा


काठमाडौँ, २६ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उहाँले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक हो भन्नुभयो ।
निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक कहिले बस्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता शर्माले भन्नुभयो, “पार्टी तत्काल राष्ट्रिय राजनीतिका महत्वपूर्ण कार्यमा व्यस्त छ, तर यही अवधिमा पार्टी सभापतिज्यूले बैठक बोलाउनुहुन्छ ।”
उहाँले केन्द्रीय समिति बैठकमा पार्टीले निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेको र पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको सम्बन्धमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।
आफू पनि सञ्चार क्षेत्रको पृष्ठभूमिबाटै आएको बताउँदै नेता शर्माले आगामी दिनमा प्रवक्ताको नाताले सञ्चारकर्मीसँग पार्टीका सूचनाको सहजता र नजिक भएर काम गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


