बकैया र राक्सिराङमा गाँजा र अफिम फँडानी

२०७४ पुष २५,मंगलवार ०७:५४
File Picture

मकवानपुर, २५ पुस । मकवानपुरको दुई गाउँपालिकामा पुस २३ र २४ गते गरि २७७ कठ्ठा गाँजा खेती र अन्दाजी ९० कठ्ठा अफिम नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र बकैया गाउँपालिका वडा नम्बर ६ का बिभिन्न क्षेत्रमा लगाईएको अवैध गाँजा खेती फँडानी गरी नष्ट गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*