पल र आँचलको प्रेम ‘रुपै मोहनी’मा छताछुल्ल

२०७४, २४ पुष सोमबार २१:१३

मकवानपुर, २४ पुस । नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक भएको केही केही समयमै युट्युब ट्रेण्डिङमा परेको छ ।

गीतमा चर्चित जोडी नायक पल शाह र नायिका आँचल शर्माको रोमाण्टिक प्रेमलाई देख्न सकिन्छ । त्यसो त गीतमा पलसँगै हरिवंश आचार्य र दिपा श्री तथा दिपकराज गिरी र प्रियंका कार्कीको प्रेमलाई पनि समावेश गरिएको छ । तर चलचित्रको पर्दामा केमेष्ट्री मिलेको जोडीका रुपमा परिचित पल र आँचलका फ्यानलाई उनीहरुको रोमाण्टिक प्रेम समेटिएको यो गीतले अझ मन छुने देखिन्छ ।

मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गीरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको चलचित्रको यो गीतलाई यो सामाग्री तयार पार्दासम्म २९ लाख ३८ हजार ३ सय ३८ पटक हेरिएको छ । र यो भिडियो युट्युब ट्रेण्डिङको दोस्रो नम्बरमा छ ।
हरिवंश आचार्यको कथा रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् । प्रस्तुत गीतमा टंक बु्ढाथोकी र मीना निरौलाको आवाज रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...