मेडिकल माफियाविरुद्ध जेहाद छेडेका डा. गोविन्द केसीलाई अदालतको आदेशपछि प्रहरीले पक्राउ गर्यो

काठमाडौं । प्रहरीले डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगंजबाटै पक्राउ गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पत्रकार सम्मेलन गरेका डा. केसीलाई अदालतले आजै पक्राउ गर्न पूर्जी जारी गरेको थियो । आजै अदालतबाट प्रहरीकहाँ पत्र पुगेको थियो भने प्रहरीले सोही पूर्जीको आधारमा भर्खरै डा. केसीलाई पक्राउ गरेको छ ।
डा. केसीलाई प्रहरी परिसर टेकु लगिएको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले केसीलाई पक्राउ गर्न आदेश दिएको थियो । उनी विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्धा चलाइएको छ । सर्वोच्च अदालतका शाखा अधिकृत नेत्र बन्धु पौड्यालको प्रतिवेदनले केसीमाथि मुद्धा लगाइएको हो ।

प्रतिक्रियाको लागि