माओवादी केन्द्रको चुनावी समिक्षा : द्रुत गतिमा विकासमा लाग्न सुझाव

मकवानपुर, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक औपचारिक रुपमा चुनावी समिक्षा तथा स्वागत बैठक आज सम्पन्न भएको छ ।

पार्टीकी जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा तथा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको संचालनमा उक्त बैठक सम्पन्न भएको हो । बैठकले निर्वाचन अघि नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी र स्वतन्त्र लगायतकाबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरुलाई औपचारिक रुपमा स्वागत गरेको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

बैठकमा निर्वाचित सांसदद्वय कुमारी मोक्तान, प्रेम बहादुर पुलामी र समानुपातिक सांसद ओम घलानलाई जिल्ला पार्टीले बधाई तथा शुभकामना दिएको थियो । बैठकले सबै गाउँपालिका र वडाहरुमा तत्काल बैठक सम्पन्न गर्ने निर्णय गर्नुको साथै जनप्रतिनिधिहरुलाई विकास निर्माण कार्यमा तिव्रगतिले लाग्न निर्देशन दिएको छ ।

बैठकले चुनाव सम्पन्न गर्न कुशलतापूर्वक लाग्ने नेता, कार्यकर्ता तथा शुभचिन्तक जनसमुदायलाई बधाई तथा धन्यवाद दिएको संचार विभाग पाख्रिन बताए ।

प्रतिक्रियाको लागि