मकवानपुरमा बसको सिटमै युवक मृत अवस्थामा फेला

मकवानपुर, १९ पुस । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको एक यात्रुवहाक बसमा सवार एक जना मानिस मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ना.६ ख ५१५३ नम्बरको रात्री बसमा यात्रा गरिरहेका महोत्तरी बलुवा–३ बस्ने ३५ वर्षीय अनिलकुमार राय बसको सिटमै बुधबार मृत अवस्थामा फेला परेका हुन् । उनी मकवानपुरमा आईपुग्दा मात्र मृत अवस्थामा भएको पत्ता लागेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाको लागि