जाडो याममा सचेत हुनुहोस् : ध्यान दिन नसके स्वास्थ्य समस्याले सताउला

यो चिसोको मौसम हो । यस्तो बेला आफ्नो स्वास्थ्यको ख्याल राख्न सकिएन भने विभिन्न समस्या झेल्नुपर्ने हुन सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । यस्तो मौसममा महिला, वालवालिका र वृद्धवृद्धा अझ सचेत हुनु पर्दछ । यो मौसमलमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढ्छन् । जाडोको मौसममा चिसोका एलजीृ, चिसोमा हुने पाखाला,छाला फुट्ने, शरीर चिलाउने, अनुहारमा विभिन्न किसिमका दागहरु आउने, ब्रोङ्काइटिस जस्ता समस्याहरु देखिन सक्छ ।
जाडोमा मुटु, जोर्नी, श्वासप्रश्वास, दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शितलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने जस्ता समस्याहरु बढाउने गर्छ ।
चिसोबाट बँच्नुनै संभावित समस्याबाट टाढा रहनु हो । जाडोमा सुरक्षित तरिकाले नाँक र मुखमा मास्क लगाएर हिड्ने, झ्याल ढोका पूरा बन्द गरेर नसुत्ने, बन्द कोठाभित्र हिटर बालेर नबस्नेआदि सजगता अपनाउनुपर्छ । अत्यधिक चिसोबाट बँच्न न्यायो कपडा लगाउनुपर्छ । कोठा बन्द गरेर हिटर बाल्ने, कोइला बाल्ने जस्ता काम गर्नुहुँदैन । झोलिलो र पोशिलो खानेकुरा खानुपर्छ । तोरीको तेल जिउँमा लगाउने, फलफुल, तातो पानी खानुपर्छ । चिसो लाग्न नदिन अदुवा र मरिच हालेर पानी तताएर पिउन पनि सकिन्छ । यति गर्दापनि शरीरमा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीकहाँ गई चेकजाँच गराइहाल्नुपर्छ ।

प्रतिक्रियाको लागि