क्याम्पसका विद्यार्थी अँगालो हालेर जंगलमा गएपछि मकवानपुरमा प्रहरीको छड्के

२०७४, १२ पुष बुधबार ०८:४८

मकवानपुर, १२ पुस । क्याम्पस पोषाकमै असामाजिक गतिविधिमा संलग्न भएको आरोपमा मकवानपुर प्रहरीले विद्यार्थीहरुमाथि छड्के नजर लाउन सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार बिहान ६ बजेको समयमा क्याम्पस पोषाकमै मनकामना मन्दिर जाने जंगलक्षेत्रमा सामाजिक मर्यादाविपरित गतिविधिमा संलग्न भएको आरोपमा २० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको आज प्रकाशित ‘साझाकुरा राष्ट्रिय दैनिक’ मा समाचार छ । उनीहरुलाई प्रहरीले २ दिनको छड्केपश्चात नियन्त्रणमा लिएको दाबी गरेको छ ।

प्रहरीले मकवानपुरका विभिन्न क्याम्पसका १४ छात्रा र ६ छात्रलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको २० जना विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...