समाज सुधारको बाटोमा संग्रामको पाईला

मकवानपुर, ५ पुस । हेटौंडा जेसिजका नवनिर्वाचित उपाध्यक्ष संग्राम बल लामाले आफ्नो सम्पुर्ण कार्यकाल समाज सुधारका लागि लगाउने बताएका छन् ।

हेटौंडा जेसिज बिषेश गरी युवा लक्षित समुह भएकोले आफुले कार्यकालभरी युवा विकासका क्षेत्रमा कार्य गर्नुका साथै कुलतमा लागेका युवाहरुलाई कुलतबाट छुटाउनको लागि पहल गरी समाज सुधार गर्ने बाटोमा अग्रसर हुने बताए ।

आफु नयाँ जोश र जाँगरको साथ जेसिजमा रहेर काम गर्ने समेत लामाले तु खबरलाई जानकारी दिएका छन् । यसअघि पनि जेसिजमा काम गरेको अनुभव रहेको कारण पनि आफुलाई काम गर्न सहज हुने उनको भनाई छ । २०१६ मा जेसिजमा प्रवेश गरेका लामाले २०१७ मा स्वास्थ्य कार्यक्रमका संयोजक भई मकवानपुरको विभिन्न विकट ठांउमा बृहत स्वास्थ्य शिविर संचालन समेत गरिसकेका छन् ।

समाजसेवाको क्षेत्रमा समेत आफुलाई सामेल गराउँदै आएका लामा सुन्दर युवा संजालको संस्थापक उपाध्यक्ष हुन् । साथै विभिन्न समयमा आन्तरिक पर्यटन विकासको लागि युवा अभियान संचालन गरी आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत मद्धत गर्दै आईरहेका छन् । सानै उमेरदेखि राजनितिक परिवेशमा हुर्किए पनि आफुले राजनितिक आधारमा कसैलाई पक्षपात नगरी समान व्यवहार गर्ने गरेको समेत उनको भनाई छ । ०६३–०६४ बाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी पछिल्लो समयमा पनि पहिलेजस्तै खसमाजसेवामा समेत जुटिरहेका छन् ।

२०४८ मा वुवा बलराम बल र आमा कमलादेवी भ्लोनले उनलाई जन्म दिएका हुन् । उनले स्नातक सम्म अध्ययन गरेका छन् । साथै लामाले स्वास्थ्य व्यवसाय मार्फत समाज सेवा पनि गरिरहेका छन् ।

प्रतिक्रियाको लागि