अपडेट–हेटौँडा आतंकित गर्ने बम भित्र ‘धन्यवाद’

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा रहेको एक मतदान केन्द्र नजिक बम रहेको आशंकामा आज मतदाताहरुले समेत ढुक्कले मतदान गर्न पाएनन् । तर बम भनेर आशंका गरिएको वस्तुमा ‘धन्यवाद’ लेखिएको पर्चा भेटिएको छ ।

हेटौंडा ८ कमानेमा अवस्थित चन्द्रोदय उच्च मावि मतदान केन्द्रको नजिक रोडमा रहेको पोल नजिकै तार समेत देखिने गरेर राखेको शंकास्पद वस्तु अन्ततः तर्साउने मेसो मात्र भएको पत्ता लागेको हो । बमको आशंकामा सेनाको बम डिस्पोजल टोली समेत त्यहाँ पुगेको थियो ।

प्रतिक्रियाको लागि

You might also like